Cost and Revenue Curves Long Questions | लागत तथा आय रेखाहरू लामो प्रश्न

(क) तल दिइएको तालिका पूरा गर्नुहोस् र उक्त तालिकाका आधारमा कुल स्थीर लागत, कुल परिवर्तनशील लागत र कुल लागत रेखाहरु रचना गरी एउटै रेखा चित्रमा देखाउनुहोस् ।
 वस्तुको बिक्री परिमाण

 कुल स्थीर लागत (रु.मा)

 कुल परिवर्तनशील लागत (रु.मा)

 कुल लागत

120 

  0 

 

 1

 

 60

 

 2

 

 80

 

 3

 

 90

 

 4

 

 105

 

 5

 

 140 

 

 6

 

 210

 


उत्तरः- दिइएको तालिका पूरा गर्दाः-

वस्तुको बिक्री परिमाण (Q)
 कुल स्थीर लागत (TFC)(रु.मा)
 कुल परिवर्तनशील लागत (TVC) (रु.मा)
 कुल लागत (TC=
TFC+TVC)

 120 

  0 

120 

 1

120

 60

180 

 2

 120

 80

200

 3

 120

 90

210

 4

 120

 105

225

 5

 120

 140 

260 

 6

 120

 210

330


माथिको तालिकामा कुल स्थीर लागत रू. 120  रहेको छ । उत्पादन परिमाण सून्य भएता पनि वा बढ्दै गएता पनि स्थीर लागत स्थीर रहि रहने हुँदा त्यसो भएको हो । कुल लागत (TC) भने TFC र TVC को योगफल भएकोले TVC मा परिवर्तन भए अनुसार नै TC पनि परिवर्तन हुन्छ । माथिको तालिकामा उत्पादन परिमाण बढ्दै जादा TVC सुरुमा घट्दो दरमा र पछि बढ्दो दरमा बढिरहेको हुनाले TC पनि सोही अनुरुप नै परिवर्तन भएको देखिन्छ ।


माथिको रेखाचित्र-१ मा TFC कुल स्थीर लागत बक्ररेखा, TVC कुल परिवर्तनशील लागत बक्ररेखा र TC कुल लागत बक्ररेखा हुन् । TFC बक्ररेखा X-अक्षसंग समानान्तर छ भने TVC र TC बक्ररेखाहरु उत्पादन बढ्दै जादा माथि दायाँ तिर ढल्किरहेका छन् ।

(ख) तल दिइएको तालिकामा कुल लागतबाट औसत लागत र सीमान्त लागत निकालेर तालिका पूरा गर्नुहोस् र उक्त तालिकाका आधारमा औसत लागत र सीमान्त लागत रेखाहरू रचनागरी एउटै रेखाचित्रमा देखाउनुहोस् ।

 वस्तुको बिक्री परिमाण

कुल लागत 

 औसत लागत

 सीमान्त लागत

 1 

10 

 

 

2

18

 

 

24 

 

 

28 

 

 

30 

 

 

36 

 

 

49 

 

 

64 

 

 


उत्तरः- दिइएको तालिका पूरा गर्दाः

 वस्तुको बिक्री परिमाण (Q)

कुल लागत (TC)

 औसत लागत 

`AC= (TC)/Q`

 सीमान्त लागत

`MC=(△TC)/(△Q)`

 1 

10 

 10

.... 

2

18

 9

24 

 8

28 

 7

30 

 6

36 

 6

6

49 

 7

13

64 

 8

 15 


पूरा गरिएको तालिकाबाट औसत र सीमान्त लागत रेखाहरू रचना गरी देखाउँदाः

माथिको रेखाचित्रमा AC औसत लागत बक्ररेखा र MC सीमान्त लागत बक्ररेखा हुन् । उत्पादन परिमाण बढ्दै जादा AC र MC दुबै तल तिर ढल्कि रहेका छन् तर MC बक्ररेखा  AC भन्दा तिब्र गतिमा तल तिर ढल्किन्छ । छैठौं एकाइको उत्पादनमा AC बक्ररेखा यसको न्यूनतम बिन्दुमा पुगि माथि दायाँ तिर ढल्किन्छ भने MC बक्ररेखा पाँचौ एकाइको उत्पादनमा यसको न्यूनतम् बिन्दुमा पुगि माथि दायाँ तिर ढल्किदै छैठौ एकाइमा  AC संग बराबर हुँदै AC भन्दा तिब्र गतिमा अगाडी बढ्छ ।

(ग) तल तालिकामा दिइएको औसत लागतबाट कुल लागत र सीमान्त लागत गणना गरी तालिका पूरा गर्नुहोस् र उक्त तालिकाका आधारमा कुल लागत र सीमान्त लागत रेखा बनाउनुहोस् ।

 वस्तुको उत्पादन

 औसत लागत

 कुल लागत

 सीमान्त लागत

 1 

 50 

 

 

2

 45 

 

 

 3 

40

 

 

4

35 

 

 

5

30 

 

 

6

30 

 

 

7

35

 

 

8

40 

 

 


उत्तरः- दिइएको तालिका पूरा गर्दाः

 वस्तुको उत्पादन
(Q)
 औसत लागत
(AC)
 कुल लागत
`TC=Q×AC`
 सीमान्त लागत
`MC=(△TC)/(△Q)`

 1 

 50 

 50

50

2

 45 

 90

40 

 3 

40

120 

30 

4

35 

140 

20 

5

30 

150 

10 

6

30 

180 

30 

7

35

245 

65 

8

40 

320 

75 


नोटः-माथिको तालिकामा वस्तुको उत्पादन Q र औसत लागत  AC प्रश्नमा दिइएका छन् । कुल लागत  TC निकाल्न  Q ले AC लाई गुणन गर्नु पर्छ । यसरी गुणनगरी TC  गणना गरे पछी MC निकाल्न  पछिल्लो TC बाट अघिल्लो TC घटाउदै जानुपर्छ ।


माथिको रेखाचित्र-३ मा कुल लागत बक्ररेखा र रेखाचित्र-४ मा सीमान्त लागत बक्ररेखा देखाइएको छ ।

Post a Comment

0 Comments