१. तलका प्रश्नहरूको अति संक्षिप्त उत्तर दिनुहोस् ।
(क) लगत भनेको के हो?
उत्तरः- वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लगत भनिन्छ ।
(ख) स्थिर लागत भनेको के हो?
उत्तरः- अल्पकालमा स्थिर साधनमा लाग्ने लागतलाई स्थिर लागत भनिन्छ ।
(ग) औसत परिवर्तनशील लागत भन्नाले के बुझिन्छ?
उत्तरः- अल्पकालमा परिवर्तनशील साधनमा लाग्ने प्रति एकाइ उत्पादन लागतलाई औसत परिवर्तनशील लगत भनिन्छ । कुल परिवर्तनशील लागत (TVC) लाई उत्पादित एकाइ (Q) ले भाग गर्दा प्राप्तहुने परिणाम नै औसत परिवर्तनशील लागत हो।
(घ) कुनै एउटा किसानले १० के.जी. आलु उत्पादन गर्दा कुल लागत रु. २०० पर्दछ भने आलुको औसत लागत कति हुन्छ?
उत्तरः- यहाँ, प्रश्नअनुसार
उत्पादन परिमाण (Q) = १० के.जी.
कुल लागत (TC) = रू. २००
औसत लगत (AC) = TC/Q
= 200/10
= 20 एकाइ
(ङ) सीमान्त लागत पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
उत्तरः- सीमान्त लागत पत्ता लगाउन निम्न सूत्रको प्रयोग गरिन्छ ।
सीमान्त लागत (MC) = ΔTC/ΔQ
यहाँ ΔTC = कुल लागतमा भएको परिवर्तन
ΔQ = उत्पादन परिमाणमा भएको परिवर्तन
(च) औसत कुल लागत र सीमान्त लागत बक्ररेखाको नमुना एउटै रेखाचित्रमा रचना गर्नुहोस् ।
उत्तरः-
(छ) औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस् ।उत्तरः- औसत आय पत्ता लगाउन निम्न सूत्रको प्रयोग गरिन्छ ।
औसत आय (AR) = TR/Q
यहाँ AR = औसत आय
TR = कुल आय
Q = बिक्री परिमाण
(ज) सीमान्त आय भनेको के हो?उत्तरः- सीमान्त आय भनेको वस्तुको अतिरिक्त एकाइको बिक्रीबाट प्राप्तहुने अरिक्त आय हो ।
(झ) कुनै वस्तुको तेस्रो र चौथो एकाइ बिक्री गर्दा कुल आय क्रमशः रू. १८ र रू. २४ प्राप्त हुन्छ भने चौथो एकाइको बिक्रीबाट प्राप्त सीमान्त आय पत्ता लगाउनुहोस् ।
उत्तरः- यहाँ
सीमान्त आय `MR_(n)=TR_(n)-TR_(n-1)`
पत्ता लगाउनु पर्ने सीमान्त आय `MR_(4)` (चौथो एकाइको बिक्रीबाट)
`MR_4=TR_(4)-TR_(4-1)`
`MR_(4)=TR_(4)-TR_(3)`
दिइएको `TR_(3)=18`
`TR_(4)=24`
`TR` को मान माथिको सूत्रमा राक्दा
`MR_(4)=24-18`
`=6` उत्तर
(ञ) पूर्ण प्रतिस्पर्धात्मक बजारमा औसत र सीमान्त आय समान हुनुको कारण बताउनुहोस् ।
उत्तरः यस बजारमा वस्तुको मूल्य स्थिर रहने हुँदा औसत र सीमान्त आय समान हुन्छन् ।
२. तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् ।
(क) कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिच के फरक छ, बताउनुहोस् ।
उत्तरः- कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिचको फरक तलको तालिका अनुसार सूचिबद्ध गरी देखाउन सकिन्छ ।
कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिच फरक
कुल स्थिर लगत
|
कुल परिवर्तनशील लागत
|
१- कुल स्थिर लागत उत्पादनका स्थिर साधनमा लाग्ने कुल लागत हो । २- यो लागत वस्तु तथा सेवाकोको उत्पादन बढ्दा अथवा घट्दा घटबड नभइ स्थिर रहन्छ । ३- यो लागत वस्तुको उत्पादन भएपनि उत्पादन नभएपनि लागि रहन्छ । ४- घरभाडा, स्थायी कर्मचारीको तलव, विद्युतको न्युनतम् शुल्क जस्ता खर्च स्थिर लागतका उदाहरण हुन् । ५- कुल स्थिर लागत स्थिर प्रकृतिको हुनेहुँदा कुल स्थिर लागतबक्र X-अक्षसंग समानान्तर हुन्छ ।
|
१- कुल परिवर्तनशील लागत उत्पादनका परिवर्तनशील साधनमा लाग्ने कुल लागत हो । २- यो लागत वस्तु तथा सेवाको उत्पादन बढ्दा बढ्छ, उत्पादन घट्दा घट्छ र उत्पादन सुन्य हुँदा तागत पनि सुन्य हुन्छ । ३- यो लागत वस्तुको उत्पादन भए मात्र लाग्छ अन्यथा लाग्दैन । ४- श्रमिकको ज्याला, कच्चा पदार्थको मूल्य आदिमा लाग्ने खर्च परिवर्तनशील लागतका उदाहरण हुन् । ५- कुल परिवर्तनशील लागत भने उद्गम विन्दुबाट माथि दायाँ तिर ढल्किरहेको हुन्छ ।
|
(ख) औसत कुल लागत र सीमान्त लागतको परिचय दिई औसत कुल लागत र सीमान्त लागत बक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उत्तरः- प्रति एकाइ उत्पादन लागतलाई कुल औसत लागत भनिन्छ । कुल लागतलाई उत्पादित वस्तुको एकाइले भाग गरिदिँदा कुल औसत उत्पादन लागत प्राप्त हुन्छ । यसलाई निम्न अनुसारको संकेतमा देखाउन सकिन्छ ।
`ATC=(TC)/Q`
यहाँ
`ATC =` Average Total Cost औसत कुल लागत
`TC =` Total Cost कुल लागत
`Q =` Quantity of a Commodity वस्तुको एकाइ
यसै गरी अतिरिक्त वस्तुको उत्पादनमा लाग्ने अतिरिक्त लागतलाई सीमान्त लागत भनिन्छ । अर्थात वस्तुको थप एक एकाइको उत्पादन गर्दा कुल लागतमा जतिले बृद्धि हुछ, त्यो बराबर नै सीमान्त लागत हुन्छ । यसलाई तलको संकेत अनुसार व्यक्त गर्न सकिन्छ ।
`MC = (∆TC)/(ΔQ)`
`MC =` Marginal Cost सीमान्त लागत
`∆TC =` Change in Total Cost कुल लागतमा भएको परिवर्तन
`∆Q =` Change in Quantity of a Commodity produced उत्पादित वस्तुको एकाइमा भएको परिवर्तन
औसत कुल लागत र सीमान्त लगत बक्ररेखाको नमुनाः-
माथिको रेखाचित्रमा ATC औसत कुल लागत बक्ररेखा हो भने MC सीमान्त लागत बक्ररेखा हो । यहाँ सीमान्त लागत बक्ररेखा MC ले औसत कुल लागत बक्ररेखा ATC को न्युनतम् विन्दु हुँदै माथि दायाँ तर्फ ढल्केको छ ।
(ग) औसत कुल लागत र सीमान्त लागतबिचको सम्वन्ध रेखाचित्रका सहायताले व्याख्या गर्नुहोस् ।
उत्तरः- औसत कुल लागत र सीमान्त लागत बक्ररेखा एक-अर्कासंग सम्बन्धित छन। यी दुवै बक्ररेखाबिचको सम्बन्धलाई तलको रेखाचित्रको माध्यमबाट व्याख्या गर्न सकिन्छ ।
माथिको रेखाचित्र-१ मा औसत कुल लागत र सीमान्त लागतबिचको सम्बन्ध देखाइएको छ । रेखाचित्रमा देखाए अनुसारः-
१- जब अल्पकालमा वस्तुको उत्पादन बढ्दै जान्छ औसत कुल लागत सुरुमा घट्छ र सीमान्त लागत पनि घट्छ । त्यसै कारणले माथिको रेखाचित्रमा देखाए जस्तो दुबै ATC र MC बक्ररेखा तलतिर ढल्किरहेका छन् ।
२- जब औसत कुल लागत घट्दै यसको न्यूनतम् विन्दु B मा पुग्छ, सीमान्त लागत बढेर औसत कुल लागतसंग बराबर हुन्छ । माथिको बक्ररेखामा बिन्दु B निर MC ले ATC लाई काटी ATC र MC एक अर्कासंग बराबर हुन गएका छन् ।
३- जब उत्पादन बढ्दै जादा औसत कुल लागत बढ्छ, सीमान्त लागत औसत कुल लागत भन्दा तिब्र गतिमा बृद्धि भइ औसत कुल लागतलाई उछिन्छ । रेखाचित्रमा देखाए अनुसार ATC बक्ररेखालाई MC बक्ररेखाले काटेर ATC भन्दा MC तिब्र गतिमा माथि ढल्केको छ ।
(घ) कुल, औसत र सीमान्त आयको परिचय दिनुहोस् ।
उत्तरः- कुनै उत्पादक वा फर्मले एक निश्चित समयावधिमा वस्तु वा सेवाको विक्रिबाट प्राप्त गर्ने आयलाई कुल आय भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा प्रति एकाइ मूल्यले कुल बिक्री परिमाणलाई गुणन गर्दा प्राप्त हुने आयलाई कुल आय भनिन्छ । कुल आयलाई सांकेतिक रुपमा निम्न अनुसार व्यक्त गर्न सकिन्छ ।
`TR = P ✕ Q`
यहाँ
`TR =` Total revenue कुल आय
`P =` Per unit price प्रति एकाइ मूल्य
`Q =` Quantity sold बिक्री परिमाण
कुनै उत्पादक वा फर्मले प्रति एकाइ वस्तुको विक्रीबाट प्राप्त गर्ने आयलाई औसत आय भनिन्छ । औसत आयलाई तल दिइएको संकेत अनुसार व्यक्त गर्न सकिन्छ ।
`AR = (TR)/Q`
यहाँ
`AR =` Average revenue औसत आय
`TR =` Total Revenue कुल आय
`Q =` Quantity sold बिक्री परिमाण
कुनै उत्पादक वा फर्मले अतिरिक्त वस्तुको विक्रीबाट प्राप्त गर्ने अतिरिक्त आयलाई सीमान्त आय भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा वस्तुको थप एक एकाइ विक्रीबाट कुल आयमा हुनजाने परिवर्तनलाई सीमान्त आय भनिन्छ । सीमान्त आयलाई तल दिइएको संकेत अनुसार व्यक्त गर्न सकिन्छ ।
`MR = (ΔTR)/(∆Q)`
यहाँ
`MR =` Marginal revenue सीमान्त आय
`∆TR =` Change in total revenue कुल आयमा भएको परिवर्तन
`ΔQ =` Change in quantity sold बिक्री परिमाणमा भएको परिवर्तन
अथवा
`MR = TR_n - TR_(n-1)`
यहाँ
`MR =` Marginal Revenue सीमान्त आय
`TR_n =` Total revenue from the sale of nth unit nऔं एकाइको बिक्रीबाट प्राप्त आय
(ङ) पूर्ण प्रतिस्पर्धा बजारमको परिचय दिई यस्तो बजारमा कुनै एउटा फर्मको कुल, औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उत्तरः- पूर्ण प्रतिस्पर्धा बजार त्यो बजार संरचना हो जहाँ समरूपी वस्तुको खरिद बिक्रीगर्ने क्रेता र बिक्रेता अधिक सङ्ख्यामा हुन्छन् । यस्तो बजारमा वस्तुको माग र पूर्तिको अन्तर्क्रियाद्वारा मूल्य निर्धारण हुन्छ भने कुनै एउटा फर्मले वस्तुको मूल्यलाई प्रभाव पार्न सक्दैन । तसर्थ यस्तो बजारमा फर्महरु मू्ल्य स्वीकारक हुन्छन् । यदि कुनै फर्मले बजारको निर्धारित मूल्य भन्दा बढी मूल्यमा वस्तु बिक्री गर्न चाहेमा कुनै क्रेताले पनि उ संग वस्तु खरिद गर्दैन भने कम मूल्यमा बस्तु बिक्री गर्न खोजे बस्तु तुरुन्तै बिक्री भइ समाप्त हुने र बजारको माग बराबर पूर्ति गर्न नसक्ने हुन्छ ।
यस्तो बजारमा समरूपी बस्तु वा सेवाको मूल्य बजार भरि एउटै हुने हुँदा मूल्य, आौसत आय र सीमान्त आय एक अर्कासंग बराबर वा स्थिर हुन्छन्। वस्तु वा सेवाको बिक्री परिमाण बढ्दै जादा कुल आय समानुपातिक रुपमा बढ्छ भने औसत र सीमान्त आय स्थीर तथा मूल्य संग बराबर हुन्छन् । यसलाई तलको तालिका र रेखाचित्रको माधयमबाट थप स्पष्ट पार्न सकिन्छ ।
कुल, औसत र सीमान्त आय तालिका
वस्तुको एकाइ (`Q`)
|
मूल्य (`P`)
|
कुल आय (`TR=P✕Q`)
|
औसत आय (`AR=(TR)/Q`)
|
सीमान्त आय (`MR`)
|
1
|
10
|
10
|
10
|
10
|
2
|
10
|
20
|
10
|
10
|
3
|
10
|
30
|
10
|
10
|
4
|
10
|
40
|
10
|
10
|
5
|
10
|
50
|
10
|
10
|
माथिको तालिकामा वस्तुको मूल्य प्रति एकाइ रू. 10 छ । वस्तुको बिक्री परिणाम 1 एकाइबाट बढ्दै क्रमशः 2, 3, 4 र 5 हुँदा कुल आय समानुपातिक रुपमा बढ्दै रू. 10 बाट क्रमशः 20, 30, 40 र 50 हुन गएका छन् भने औसत र सीमान्त आय रू. 10 एक अर्कासंग बराबार छन् ।
माथिको रेखाचित्र-२ मा X-अक्षमा वस्तुको बिक्री परिमाण र Y-अक्षमा कुल, औसत र सीमान्त आय नापिएको छ । TR ले कुल आय बक्ररेखालाई र AR/MR ले औसत र सीमान्त आय रेखालाई प्रतिनिधित्त्व गरेका छन् । वस्तुको बिक्री परिमाण बढ्दा कुल आय समानुपातिक रुपमा बढ्ने हुँदा TR बक्ररेखा माथि दायाँ तर्फ ढल्कि रहेको छ । औसत र सीमान्त आय बराबार र स्थिर हुने हुँदा AR/MR बक्ररेखा एक अर्कोमा खप्टिइ X-अक्षसंग सामानान्तर हुन गएका छन् ।
(च) एकाधिकार बजारको परिचय दिई एकाधिकारी फर्मको औसत र सीमान्त आय बक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
उत्तरः- एकाधिकार बजार त्यस्तो बजार संरचना हो जहाँ कुनै वस्तु वा सेवाको उत्पादन वा बिक्री गर्ने फर्म एउटा मात्र हुन्छ भने बस्तुका क्रेता भने अधिक सङ्ख्यामा हुन्छन् । । यस्तो बजारमा बिक्री गरिने वस्तुको निकटतम् प्रतिस्थापन गरिने अर्को वस्तु हुदैन भने अन्य फर्मलाई बजार प्रवेशमा प्रतिबन्ध समेत लगाइएको हुन्छ । तसर्थ उत्पादक वा बिक्रेताले आफ्नो वस्तुको मूल्य आफै निर्धारण गर्ने हुँदा उ मूल्य स्वीकारक नभई मूल्य निर्धारक हुन्छ । यस्तो बजारमा उत्पादक वा फर्म एउटै हुने हुँदा फर्म वा उद्योग भनेको एउटै हुन्छ । एकाधिकारीले वस्तु वा सेवाको बिक्री परिमाण बढाउन मूल्य घटाउनु पर्ने हुँदा बिक्री परिमाणको बृद्धि संगै कुल आय बक्ररेखा घट्दो दरमा माथि दायाँ तिर ढल्किन्छ भने यसको उच्चतम् विन्दुमा पुगे पश्चात तल दायाँतिर ढल्किन्छ । औसत र सीमान्त आयबक्ररेखा तल दायाँ तिर ढल्किन्छन् तर सीमान्त आय रेखा भने औसत आय रेखा भन्दा तिब्र गतिमामा तल दायाँ तिर ढल्किन्छ ।
कुल, औसत र सीमान्त आय तालिका
मूल्य (P)
|
बिक्री परिमाण (Q)
|
कुल आय (TR=P×Q)
|
औसत आय (AR=TR/Q)
|
सीमान्त आय (MR=∆TR/∆Q)
|
8
|
1
|
8
|
8
|
-----
|
7
|
2
|
14
|
7
|
6
|
6
|
3
|
18
|
6
|
4
|
5
|
4
|
20
|
5
|
2
|
4
|
5
|
20
|
4
|
0
|
3
|
6
|
18
|
3
|
-2
|
माथिको तालिकामा वस्तुको बिक्री परिमाण बढाउन एकाधिकारीले मूल्य रू. 8 बाट क्रमशः 7, 6, 5, 4 र 3 गरी घटाउदै जादा कुल आय बढ्दै गई पाँचौ एकाइको बिक्री हुँदा अधिकतम् सम्म रू. 20 हुन गएको छ भने त्यस पछि घटेर रू. 18 हुन गएको छ । त्यसै गरी बिक्री परिमाण बदाउदै जादा औसत आय मूल्य संग बराबर हुँदै घटिरहेको छ भने सीमान्त आय पनि घटिरहेको छ तर सीमान्त आय भने औसत आय भन्दा तिब्र गतिमा घटिरहेको देखिन्छ । यसलाई रेखाचित्रको माध्यमबाट देखाउँदा निम्न अनुसारको रेखाचित्रको निर्माण हुन जान्छ ।
माथिको रेखाचित्र-३ मा देखाए अनुसार वस्तुको बिक्री परिमाण बढेसंगै औसत आय बक्ररेखा AR र सीमान्त आय बक्ररेखा MR दुबै तल दायाँ तिर ढल्किरहेका छन् । सीमान्त आय बक्ररेखा MR औसत आय बक्ररेखा AR भन्दा तिब्र गतिमा तल दायाँ तिर ढल्किरहेको छ । पाँचौ एकाइ बिक्री परिमाण हुँदा सीमान्त आय घट्दै गइ सून्य हुनगएको छ भने तत्पश्चात ऋणात्मक भएकोले MR बक्ररेखा पनि ऋणात्मक क्षेत्रसम्म ढल्किन पुगेको छ ।
0 Comments
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.