(ख) तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।
१- मौद्रिक ज्याला र वास्तविक ज्यालाबिच फरक छुट्याउनुहोस्।
उत्तरः- बस्तु तथा सेवाको उत्पादनका लागि श्रमिकले श्रम गरेबाफत मुद्राको रुपमा प्राप्त गर्ने ज्याला मौद्रिक ज्याला हो भने श्रमिकले प्राप्त गरेको मौद्रिक ज्यालाबाट खरिद गर्न सकिने बस्तु वा सेवाको कुल परिमाण वास्तविक ज्याला हो। मौद्रिक ज्याला र वास्तविक ज्यलाबिच निम्न अनुसार फरक छुट्याउन सकिन्छ।

 मौद्रिक ज्याला

 वास्तविक ज्याला

१-मौद्रिक ज्यालालाई मौद्रिक एकाइमा मापन गरिन्छ।

२-यसमा श्रमिक संलग्न भएको पेशाबाट प्राप्त मौद्रिक ज्यालामात्र समावेश हुन्छ।
३-मौद्रिक ज्याला मुद्राको रुपमा भुक्तान गरिन्छ।
४-मौद्रिक ज्याला श्रमिकको जीवनस्तरको उपयुक्त सूचक मानिदैन।
५-मौद्रिक ज्यालाको अवधारणालाई संकुचित अवधारणा मानिन्छ।
६-मौद्रिक ज्यालालाई प्राप्त हुने अतिरिक्त सुविधाले प्रभाव पार्दैन।

१-वास्तविक ज्याला मुद्राको क्रयशक्तिका आधारमा मापन गरिन्छ। 
२-यसमा श्रमिक संलग्न भएको पेशाबाट प्राप्त अन्य थप सुविधा पनि समावेश हुन्छ।
३-वास्तविक ज्याला मुद्रा वा बस्तु वा सेवाको रुपमा भुक्तान गरिन्छ।
४-वास्तविक ज्याला श्रमिकको जीवनस्तरको उपयुक्त सूचक मानिन्छ।
५-वास्तविक ज्यालाको अवधारणालाई व्यापक अवधारणा मानिन्छ।
६-वास्तविक ज्यालालाई प्राप्त हुने अतिरिक्त सुविधाले प्रभाव पर्छ।


२- ज्यालाको जीवन निर्वाह सिद्धान्त व्याख्या गर्नुहोस्।
उत्तरः- ज्यालाको जीवन निर्वाह सिद्धान्त फ्रान्सेली अर्थशास्त्री क्वश्नेले १८ औ सताप्दिमा प्रतिपादन गरेको सिद्धान्त हो। अर्थशास्त्री डेभिड रिकार्डोले यस सिद्धान्तलाई पछि वैज्ञानिक ढंगले विकशित गरेका थिए। यो सिद्धान्तलाई ज्यालाको फलामे सिद्धान्त पनि भनिन्छ।
यस सिद्धान्त अनुसार श्रमिकलाई ज्याला उनीहरुको जीवन निर्वाहस्तर बाराबर मात्र दिइनु पर्दछ। अर्थात श्रमिकलाई त्यति मात्र ज्याला दिइनु पर्छ जतिले उनीहरु आफ्नो र परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्छन्। यदि ज्याला त्यो भन्दा वढि दिएमा उनीहरु सम्पन्न भई उनीहरूको धेरै विवाह गर्ने, बढी बच्चा जन्माउने प्रबृति बढ्छ। यसबाट दीर्घकालमा श्रमिकको पूर्ति बढ्न गई ज्यालादर घटेर फेरी जीवन निर्वाहस्तर नै हुन पुग्छ। यदि उनीहरुलाई जीवन निर्वाहस्तर भन्दा कम ज्याला दिइएमा उनीहरु आफ्नो र परिवारको जीवन धान्न सक्दैनन्। यसबाट भोकमरी, कुपोषण, रोगब्याधि बढेर दीर्घकालमा श्रमिकको पूर्ति घटन जान्छ। श्रमिकको पूर्ति घटेका कारण ज्याला दर बढेर फेरी जीवन निर्वाहस्तर बराबर हुन पुग्छ। ज्यालाको जीवन निर्वाह सिद्धान्त अनुसार यसरी दीर्धकालमा श्रमिकको ज्याला उनिहरुको जीवन निर्वाहस्तर बराबर कायम हुन्छ। यदि यो भन्दा बढि वा घटी ज्याला दिइयो भने बजार संयन्त्रले आफै समायोजन गरी फेरी जीवन निर्वाहस्तरमा पुर्‌याइदिन्छ। 
३- खुद ब्याज र कुल ब्याजबिच फरक छुट्याउनुहोस्।
उत्तरः-
४- ब्याजको शास्त्रीय सिद्धान्त ब्याख्या गर्नुहोस्।
उत्तरः-
५- खुद नाफा र कुल नाफाबिच फरक छुट्याउनुहोस्।
उत्तरः-
६- नाफाको अनिश्चितता वहन सिद्धान्त व्यख्या गर्नुहोस्।
उत्तरः-
७- आर्थिक लगान र ठेक्का लगानबिच फरक छुट्याउनुहोस्।
उत्तरः-