३- तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।
(क) पूर्ण प्रतिस्पर्धा बजार भनेको के हो? यस्तो बजारमा बस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस् ।
उत्तरः- पूर्ण प्रतिस्पर्धा बजार भनेको त्यस्तो बजार संरचना हो जहाँ समरुपी (एउटै प्रकारका) बस्तुका धेरै क्रेता र बिक्रेता हुन्छन्। धेरै संख्यामा क्रेता र विक्रेता हुने हुँदा कुनै एउटा क्रेता वा बिक्रेताले बजारलाई प्रभाव पार्न सक्दैन। यस्तो बजारमा बस्तुको माग र पूर्तिको अन्तरक्रियाद्वारा बस्तुको मूल्य निर्धारण हुन्छ। यसरी निर्धारित मूल्य सबैका लागि स्वीकार्य मूल्य हुने हुँदा बजार भरि एउटै मूल्यमा बस्तुको माग र पूर्ति हुन्छ। स्वतन्त्र रुपमा संचालित बजार हुने भएकोले बजारमा नयाँ फर्महरुको प्रवेश र बहिर्गमनमा कुनै प्रतिबन्ध हुदैन। न त यस्तो बजारमा कुनै सरकारी हस्तक्षेप नै हुन्छ।
पूर्ण प्रतिस्पर्धा बजारमा बस्तुको मूल्य बस्तुको माग र पूर्तिको अन्तरक्रियाद्वारा निर्धारण हुन्छ अर्थात मूल्य निर्धारणमा माग र पूर्ति दुबैको समान भुमिका हुन्छ। जसरी एक टुक्रा कपडा काट्न कैँचीका दुबैधारको भुमिका रहन्छ त्यसै गरी बजारमा बस्तुको मूल्य निर्धारणमा माग र पूर्ति दुबै पक्षले समान भुमिका खेल्छन्।
पूर्ण प्रतिस्पर्धा बजारमा बस्तुको मूल्य निर्धारण प्रक्रिया तलको तालिका र रेखाचित्रको माध्यमबाट स्पष्ट पार्न सकिन्छ।
माग पूर्ति अनुसूची
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
माथिको तालिकामा बस्तुको मूल्य रू ५ बाट बढ्दै रु १० र १५ हुँदा माग परिमाण ४० के.जी बाट घटेर ३० र २० के.जी. भएको छ भने पूर्ति परिमाण मूल्य बढे संगै २० के.जी. बाट बढेर ३० र ४० के.जी. हुन गएको छ। यसले मूल्य र माग परिमाबिच बिपरित र मूल्य र पूर्ति परिमाणबिच सुल्टो सम्बन्ध रहेको छ भन्ने कुरा प्रष्ट पार्दछ। त्यसैले मूल्य बढ्दा पूर्ति बक्र माथि दायाँ तिर ढल्किन्छ भने माग बक्र तल दाया तिर ढल्किन्छ। यस्तो विपरित ढल्काईका कारण दुबै बक्रले एक अर्कोलाई कुनै एक विन्दुमा छेदन (Intersect) गर्छन। यस विन्दुमा गाग र पूर्ति परिमाण एक अर्का संग बराबर हुन्छन् । माथिको तालिकामा मूल्य रू १० हुदा माग र पूर्ति ३० केजी हुनु भनेको यो विन्दुमा मग र पूर्ति बक्रले एक अर्कोलाई छेदन गर्नु हो। यो विन्दुको मूल्य र परिमाण नै माग कर्ता र बिक्रेताका लागि स्वीकार्य हुने हुँदा यो नै सन्तुलनको बिन्दु हो। यसलाई तलको रेखाचित्रको माध्यमबाट समेत देखाउन सकिन्छ।
माथिको रेखाचित्रमा बस्तुको मूल्य रु. ५ हुँदा माग परिमा ४० के.जी र पूर्ति परिमाण २० के.जी. छ। यहाँ पूर्ति भन्दा माग CD बराबरले बढी छ। पूर्ति भन्दा माग बढी भएका कारण मूल्य बढेर रु.१० हुँदा माग घट्दै र पूर्ति बढ्दै दुबै बिन्दु E देखाए अनुसार ३० के.जी. हुन गएका छन् अर्थात माग र पूर्ति परिमाण बराबर हन गएका छन्। यस बिन्दुमा मग र पूर्ति बक्रले एक अर्कालाई छेदन समेत गरेका छन्। यो बिन्दु नै सन्तुलनको बिन्दु हो भने यसको मूल्य रु. १० निर्धारित मूल्य हो। यदि मूल्य बढेर रु १५ भएमा माग परिमाण घटेर २० के.जी. मा झर्छ भने पूर्ति बढेर ४० के.जी. हुन जान्छ। यस्तो बेला माग भन्दा पूर्ति AB बराबरले बढी हुने भएका कारण मूल्य घटेर पुनः रू १० मा झर्छ र बिन्दु E मा सन्तुन कायम भई मूल्य निर्धारण हुन्छ। यसरी माग र पूर्तिको अन्तरक्रियाद्वारा बजारमा बस्तुको मूल्य निर्धारण हुन्छ।
(ख) एकाधिकार बजारको परिभाषा दिनुहोस् । यस्तो बजारमा बस्तुको मूल्य निर्धारण प्रक्रिया रेखाचित्रसहित वर्णन गर्नुहोस् ।
उत्तरः- एकाधिकार अंग्रेजी शब्द Mono र Poly को मिश्रणबाट बनेको Monopoly शब्दको नेपाली रुपान्तरण हो। अर्थात Monopoly को नेपाली अर्थ 'एक बिक्रेता' भन्ने हुन्छ। यसरी एकाधिकार भनेको बजारमा कुनै निश्चित बस्तुको आपूर्ति गर्ने एउटा मात्र बिक्रेता भन्ने बुझिन्छ। त्यैसैले एकाधिकार भनेको त्यस्तो बजार संरचना हो जहाँ कुनै बस्तुको उत्पादक वा बिक्रेता एउटा मात्र हुन्छ र क्रेता धेरै हुन्छन् भने उसले बिक्री गर्ने बस्तुको नजिकबाट प्रतिस्थापन गर्न सकिने अर्को बस्तु हुँदैन्। तसर्थ बस्तुको मूल्य निर्धारण एकाधिकारीले आफुखुसी गर्न पाउँछ भने अन्य फर्मलाई बजार प्रवेशमा प्रतिबन्ध लगाइएको हुन्छ।
एकाधिकार बजारमा बस्तुको मूल्य निर्धारण एकाधिकारीले आफै गर्ने भएता पनि कति मूल्य निर्धारण गर्ने भने सम्बन्धमा एकाधिकारीले सीमान्त लागत र सीमान्त आयको तुलनाबाट सन्तुलनको आधारमा अल्पकालमा बस्तुको मूल्य र उत्पादन/बिक्री परिमाण निर्धारण गर्ने गर्दछ। त्यसैले एकाधिकारी फर्मको मूल्य निर्धारण प्रक्रिया बुझ्न उसको फर्म सन्तुलनको अवस्था बुझ्नु आबश्यक छ। एकाधिकारिको फर्म सन्तुलनको अवस्था तलको रेखाचित्रको माध्यमबाट स्पष्ट पार्न सकिन्छ।
एकाधिकारी फर्मको अल्पकालीन सन्तुलनका लागि निम्न दूई सर्त पुरा हुनु पर्दछ।
(क) सीमान्त आय = सीमान्त लागत हुनु पर्छ। (MR=MC)
(ख) सीमान्त लागत बक्रले सीमान्त आय बक्रलाई तलबाट काटेर माथितिर गएको हुनुपर्छ। (Slope of MC>MR)
माथिका दुबै सर्त जुन बिन्दुमा पुरा हुन्छन् त्यस विन्दुमा फर्मले सन्तुलन प्राप्त गर्दछ। यस बिन्दुले एकाधिकारिले कति मूल्यमा कति बस्तुको उत्पादन वा बिक्री गर्छ भन्ने कुरालाई देखाउँछ। फर्म सन्तुलनको अल्पकालिन अवस्थामा एकाधिकारीले अधिक नाफा, सामान्य नाफा वा घाटा बेहोरी रहेकोपनि हुन सक्छ। तर यहाँ चित्रमा अधिक नाफाको सन्तुलन अवस्थाको ब्यख्या गरिएको छ।
माथिको रेखाचित्रमा फर्म सन्तुलनका लागि आवश्यक दुई सर्त (MR=MC & Slope of MC>MR) बिन्दु E मा पूरा भएका छन्। त्यसैले बिन्दु E सन्तुलनको बिन्दु हो। यो सन्तुलनको बिन्दु भएर जाने ठाडो रेखाले औसत आय AR बक्रलाई बिन्दु A मा काटेको (छोएको) छ। त्यसैले बस्तुको OQ परिमाण उत्पादन/बिक्री गर्न एकाधिकारीले QA बराबर वा OP बराबरको मूल्य निर्धारण गर्दछ। यहाँ बस्तुको OQ परिमाण उत्पादनमा प्रति एकाई मूल्य QB बाराबर वा OC बराबरको लागत लाग्ने देखिन्छ भने बस्तुको OQ परिमाण बिक्रीबाट एकाधिकारीले प्रति एकाई QA बराबर OP वा बराबरको आय प्राप्त गर्दछ। यसरी सन्तुलनमा पुग्दा एकाधिकारीले छायाँ पारेको भाग वा ABCP बराबरको अधिक नाफा प्राप्त गरी सन्तुलनमा पुग्दछ।
(ग) पूर्ण प्रतिस्पर्धा बजार र एकाधिकार बजारबिचका भिन्नताहरू उल्लेख गर्नुहोस् ।
उत्तरः- पूर्ण प्रतिस्पर्धा बजार र एकाधिकार बजारबिचका भिन्नताहरुलाई निम्न अनुसारका बुँदाहरुमा उल्लेख गर्न सकिन्छ।
(क) क्रेता र बिक्रेताको संख्या
पूर्ण प्रतिस्पर्धा बजारमा समरुपी बस्तुका क्रेता र बिक्रेताको संख्या अधिक हुने गर्दछ तर एकाधिकारी बजारमा विशेष बस्तुको क्रेताको संख्या अधिक भएतापनि बिक्रेता भने एउटा मात्र हुन्छ।
(ख) मूल्य निर्धारणको क्षमता
पूर्ण प्रतिस्पर्धा बजारमा माग र पूर्तिको अन्तरक्रियाद्वारा बस्तुको मूल्य निर्धारण हुने हुँदा फर्मले आफ्नो बस्तुको मूल्य आफै निर्धारण गर्न सक्दैन। उसले बजारको निर्धारित मूल्यलाई स्वीकार गर्नु पर्छ। एकाधिकार बजारमा फर्म/उद्योग एउटा मात्र हुने हुँदा उसले आफ्नो बस्तुको मूल्य आफै निर्धारण गर्दछ।
(ग) बजारमा फर्मको प्रवेश
पूर्ण प्रतिस्पर्धा बजारमा नयाँ फर्मलाई बजार प्रवेश र पुराना पर्मलाई बजारबाट बहिर्गमनमा कुनै प्रतिबन्ध हुदैन तर एकाधिकारी बजारमा भने नयाँ फर्मलाई उद्योग/बजारमा प्रवेशको पूर्ण प्रतिबन्ध हुन्छ।
(घ) बस्तुको प्रकृति
पूर्ण प्रतिस्पर्धा बजारमा हरेक फर्मले समरुपी (एउटै प्रकारको) बस्तुको उत्पादन र बिक्री वितरण गर्दछन् । यहाँ उत्पादन र बिक्री वितरण गरिने बस्तुको नजिकबाट प्रतिस्थापन गर्न सकिने अर्को बस्तु बजारमा हुन्छ। तर एकाधिकारी बजारमा विशेष बस्तुको उत्पादन र बिक्री वितरण गरिन्छ जसको नजिकबाट प्रतिस्थापन हुन सक्ने अर्को बस्तु बजारमा हुदैन।
(ङ) साधनको गतिशीलता
पूर्ण प्रतिस्पर्धा बजारमा एउटै बस्तु उत्पादन र बिक्री बितरण गर्ने फर्म धेरै हुने हुँदा उत्पादनका साधनको पूर्ण गतिशीलता हुन्छ भने एकाधिकारी बजारमा विशेष बस्तुको उत्पादक वा बिक्रेता एउटैमात्र हुने हुँदा साधनको गतिशीलताको अभाव रहन्छ। उक्त विशेष बस्तु उत्पादनमा दक्षता हासिल गरेको साधनले अन्यत्र काम पाउने सम्भावना कम रहन्छ।
(च) फर्मको आय रेखाको ढल्काई
पूर्ण प्रतिस्पर्धा बजारमा फर्मको औसत र सीमान्त आयरेखा X-अक्षसंग समानान्तर हुँदै एक अर्कामा खप्टिएका हुन्छन् भने एकाधिकारी फर्मको औसत र सीमान्त आयरेखा माथि बायाँबाट तल दायाँतिर ढल्केका हुन्छन्। यहाँ औसत आयरेखा भन्दा सिमान्त आयरेखा तिब्ररुपमा तल दायाँ तिर ढल्केको हुन्छ।
0 Comments
Post a Comment
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.