२- तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।
(क) पूर्ण प्रतिस्पर्धा बजारका विशेषताहरु वर्णन गर्नुहोस्।
उत्तरः- पूर्ण प्रतिस्पर्धा बजारका विशेषताहरु निम्न अनुसार वर्णन गरिएका छन्।
(क) पूर्ण प्रतिस्पर्धा बजारका विशेषताहरु वर्णन गर्नुहोस्।
उत्तरः- पूर्ण प्रतिस्पर्धा बजारका विशेषताहरु निम्न अनुसार वर्णन गरिएका छन्।
(क) ठुलो संख्यामा क्रेता र विक्रेता
पूर्ण प्रतिस्पर्धा बजारमा कुनै एउटा बस्तुको खरिद बिक्री गर्ने क्रेता र बिक्रेताको संख्या धेरै हुन्छ। यस बजारमा कुनै एउटा क्रेता वा विक्रेताको कारोवारले बजारको कुल कारोवारलाई खासै प्रभाब पार्न सक्दैन। त्यसैले कुनै एउटा क्रेता वा विक्रेताको व्यवहारले बजारको मूल्यमा हसर पर्दैन्।
(ख) समरुपी बस्तुको उत्पादन
पूर्ण प्रतिस्पर्दा बजारमा फर्महरुले उत्पादन अथवा विक्रि वितरण गर्ने बस्तुहरु उस्तै र समान गुण, आकार, तौल र रंगका हुन्छन्। यस्ता बस्तुहरु हुने हुँदा फर्महरुले विक्री वितरन गर्ने बस्तुहरुमा फरक छुट्टयाउन सकिदैन। त्यसैले पूर्ण प्रतिस्पर्दा बजारमा समरुपी बस्तुको उत्पादन हुन्छ भनिएको हो।
(ग) फर्मलाई उद्योगमा प्रवेश र बहिर्गमनमा स्वतन्त्रता
पूर्ण प्रतिस्पर्धा बजारमा (उद्योगमा) कुनै नयाँ फर्म प्रवेश गरी बस्तु उत्पादन गरी बिक्री वितरण गर्न र पुराना फर्म उत्पादन बन्द गरेर बजारबाट सधैंका लागि निष्कन सक्छन् । उनीहरुलाई उद्योगमा प्रवेश र बहिर्गमनमा पूर्ण स्वतन्त्रता हुन्छ।
(घ) बजारका बारेमा पूर्ण ज्ञान
यस्तो वजारमा बस्तुको मूल्य र गुणस्तरको बारेमा क्रेता र बिक्रेतालाई सबै जानकारि हुन्छ। त्यसैले क्रेता बस्तुको लागि बढी मूल्य तिर्न तयार हुदैन र बिक्रेता पनि बढी मूल्य लिएर बस्तु बिक्री गर्न सक्दैन्।
(ङ) उत्पादनका साधनको पूर्ण गतिशिलता
पूर्ण प्रतिस्पर्धा बजारमा उत्पादनका सधान (श्रम, पुँजी आदि) एउटै फर्मामा मात्र काम नगरी आफ्नो आवश्यकता, अवसर र अनुकुलताको आधारमा एक फर्मबाट अर्को फर्ममा स्तानान्तरण हुन सक्छन अर्थात यिनिहरु गतिशील हुन्छन्।
(च) सरकारी हस्तक्षेप नहुनु
पूर्ण प्रतिस्पर्धा बजारमा बस्तुको उत्पादन, बिक्री वितरण, मूल्य वा गुणस्तर नियन्त्रणमा सरकारले प्रत्यक्षरुपमा हस्तक्षेप गर्दैन। बजारमा बस्तु तथा सेवाको मूल्य सरकारले निर्धारण नगरी बस्तुको माग र पूर्तिको अन्तर्रक्रियाद्वारा आफै निर्धारण हुने गर्दछ।
(ख) एकाधिकार बजारका विशेषताहरु व्याख्या गर्नुहोस्।
उत्तरः- एकाधिकार बजारका विशेषताहरु यस प्रकार व्यख्या गरिएका छन्।
(क) एकमात्र बिक्रेता
कुनै बस्तुको एकमात्र बिक्रेता हुनु एकाधिकार बजारको एउटा प्रमुख विशेषता हो। यो बजारमा बिक्री वितरण गरिने बस्तुको उत्पादक वा विक्रेता एउटा मात्र हुन्छ भने क्रेता वा उपभोक्ता भने धेरै संख्यामा हुन्छन्।
(ख) निकट प्रतिस्थापन बस्तुको अभाव
यस्तो बजारमा विक्रि वितण हुने बस्तुको सट्टमा प्रयोग गर्न सकिने अर्को वैकल्पिक बस्तुको अभाव हुने हुँदा निकतम प्रतिस्थापन बस्तु हुँदैन।
(ग) अन्य फर्मलाई उद्योग प्रवेशमा प्रतिबन्ध
यस्तो बजारमा कुनै निश्चित बस्तु उत्पादन गर्ने एउटा मात्र उद्योग वा फर्म हुने हुँदा अन्य फर्मलाई उद्योगमा प्रवेशमा प्रतिबन्ध हुन्छ।
(घ) फर्मको अधिकतम नाफा आर्जन गर्ने उद्देश्य
एकाधिकार फर्मको अर्को महत्त्वपूर्ण विशेषता यसको मुख्य उद्देश्य नाफा अधिकतम गर्नु रहेको हुन्छ।
(ग) तल दिइएको तालिकाको आधारमा पूर्ण प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य निर्धारण प्रक्रिया देखाउने रेखाचित्र निर्माण गरी ब्याख्या गर्नुहोस् ।
|
|
|
|
|
|
|
|
४० |
३० |
|
|
४० |
|
|
५० |
|
|
उत्तरः- माथिको तालिकामा बस्तुको मूल्य क्रमशः रू. १०, २०, ३०, ४० र ५० हुँदै बढ्दा बस्तुको माग परिमाण क्रमशः १००, ८०, ६०, ४० र २० के.जी. हुँदै घटेको छ भने पूर्ति परिमाण क्रमशः २०, ४०, ६०, ८० र १०० के.जी. हुँदै बढेको छ। यसले मूल्य र माग परिमाणबिच ऋणात्मक र मूल्य पूर्ति परिमाणबिच धनात्मक सम्बन्ध रहेको कुरा देखाउँछ। त्यसैले मग बक्र ऋणात्मक ढल्काईको र पूर्ति बक्र धनात्मक ढल्काईको हुन्छ। यस्तो अवस्थामा दुबै बक्रले एक अर्कोलाई काट्दै (छेदन गर्दै) अघि बढ्छन्। यहि काटेको बिन्दुमा माग र पूर्ति एक अर्कामा बराबर हुने हुँदा यस विन्दुलाई सन्तुलनको विन्दु भनिन्छ । यहि सन्तुलनको विन्दुमा बस्तुको मूल्य निर्धारण हुन्छ। यसलाई तल दिइएको रेखाचित्रमा देखाइएको छ।
माथिको रेखाचित्रमा देखाए अनुसार बस्तुको मूल्य प्रति के.जी. रु १० हुँदा माग परिमाण १०० के.जी. तर पूर्ति परिमाण १० के.जी. मात्र छ। जब बस्तुको मूल्यमा बृद्धिभई प्रति के.जी. रू २० हुन्छ, तब बस्तु पहिले भन्दा महंगो भएका कारण माग परिमाण घटेर ८० के.जी मात्र हुन्छ भने मूल्य बढेका कारण पूर्ति बढेर ४० केजी हुन जान्छ। एवम प्रक्रिया द्वारा मूल्य रू ३० हुँदा माग र पूर्ति दुबै बराबर अथवा बिन्दु E मा देखाए जस्तो ६० के.जी. हुन्छ। यहाँ मूल्य रु. ३० मा माग गर्न चाहेको र पूर्ति गर्न चाहेको परिमाण बराबर भएकोले यस मूल्यमा क्रेता ६० के.जी किन्न र विक्रेता ६० के.जी. बेच्न तयार हुन्छन्। यसरी पूर्ण प्रतिस्पर्धा बजारमा बस्तुको मूल्य निर्धारण हुन्छ।
0 Comments
Post a Comment
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.